ad ad

कारोबार


बजेटप्रति महावीरको असन्तुष्टि- हाकाहाकी ढाँट्ने काम नगरौँ, ठूलो मूल्य चुकाउनुपर्ला

बजेटप्रति महावीरको असन्तुष्टि- हाकाहाकी ढाँट्ने काम नगरौँ, ठूलो मूल्य चुकाउनुपर्ला

वैशाख १८। सरकार र महावीरबीच ७ बुँदे सम्झौता हुँदै।


नेपालखबर
जेठ १६, २०८० मंगलबार ११:३४, काठमाडौँ

सोमबार सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारका अर्थमन्त्रीका रूपमा डा. प्रकाशशरण महतले सोमबार नयाँ बजेट प्रस्तुत गरेका हुन्। 

बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ६५.२० प्रतिशत रकम विनियोजन गरिएको छ।

पुँजीगततर्फ १७.२५ प्रतिशत अर्थात् ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो रकम कुल विनियोजनको १७.५५ प्रतिशत हो।

उक्त बजेटमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषका लागि छुट्टाइएको बजेट आफूसँग भएको सम्झौताविपरीत भएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

गत वैशाख १८ गते सरकार र महावीरबीच आविष्कार कोषका लागि  पूँजीगत बजेटको एक प्रतिशत छुट्टाउनुपर्ने सहमति भएको थियो।

तर सोमबार ल्याएको बजेटमा सरकारले उक्त क्षेत्रमा १ अर्ब रूपैयाँ मात्रै छुट्टाइएको भन्दै असन्तुष्टि जनाएका हुन्। कुल पुँजीगततर्फको बजेटको १ प्रतिशत २ अर्ब २ करोड ७० लाख हुने उनले बताएका छन्।

'बजेटमा छुट्टाइएको पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँको १ प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख हुन्छ। कसरी १ अर्ब रुपैयाँ निकालियो?' उनले भनेका छन्, 'यसरी हाँकाहाँकी ढाँट्ने काम नगरौँ। सरकार धेरै बाठो नभए हुन्छ।'

उनले कुनै पनि नेता, सरकार, अभियन्ता र समाजसेवीले गरेको बाचालाई पूरा नगर्नु वा बङ्ग्याउनु भनेको आफैलाई खाल्टो खन्नु जस्तो भएको बताउँदै गल्ती सच्चाउन अनुरोध गरेका छन्। अन्यथा ठूलो मूल्य चुकाउनपर्ने चेतावनी सरकारलाई उनले दिएका छन्।

'गल्ती सच्याउनु होस् वा खाल्टोमा पुरिनुहोस्,' उनले भनेका छन्, 'ठूलो मूल्य चुकाउनुपर्ला, हिसाब सच्चाउँ।'

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .