कारोबार


शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब बचतमा, गत वर्ष थियो २ खर्ब ८८ अर्ब घाटा

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब बचतमा, गत वर्ष थियो २ खर्ब ८८ अर्ब घाटा

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १३:३९, काठमाडौँ

शोधनान्तर स्थिति अर्थात् नेपालबाट बाहिरिने र भित्रिने रकमको अन्तर यो वर्षको १० महिनामा बचतमा देखिएको छ।

१० महिनामा २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिना अवधीमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .