कारोबार


अधिकांश बैंकले बढाए निक्षेपको ब्याज, अब कुन खातामा कति दिन्छन्?

अधिकांश बैंकले बढाए निक्षेपको ब्याज, अब कुन खातामा कति दिन्छन्?

फाइल तस्बिर


केशर बोगटी
साउन ३२, २०८० बिहिबार १५:२२, काठमाडौँ

अधिकांश वाणिज्य बैंकहरुले निक्षेप (बचत) को ब्याजदर बढाएका छन्।

वाणिज्य बैंकहरुले यही भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएको सूचना सार्वजनिक गरेका छन। केही बैंकले भने ब्याजदर घटाएका छन्। 

नेपाल एसबिआई बैंकले साधारण बचतको ब्याजदर स्थिर राखेर मुद्दतीको घटाएको छ।

त्यसैगरी नबिल बैंक र सनराइज लक्ष्मीलेसमेत साधारण बचतको ब्याजरद स्थिर राखेका छन्। यता प्राइम कमर्सियल बैंक र एनएबि बैंकले साधारण बचतको ब्याजदर घटाएका छन्। 

हिमालय बैंकले भने ब्याजदर स्थिर राखेको छ। 

नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई दिएको थियो।  

यससँगै भदौमा समेत बैंकहरुले आफु अनुरुप नै ब्याजदर कायम गरेका हुन्। 

प्राणालीमा अधिक तरलता हुँदा समेत कर्जाको डिमान्ड नै नभएको बेला बैंकहरुले थप निक्षेपमा ब्याजदर बढाएका छन्। 

यसले बैंकहरु निक्षेप बढाउन प्रतिस्पर्धा गरिरहेको देखिन्छ। यता निक्षेपको ब्याजदर बढ्दा कर्जाको समेत ब्याजदर बढ्ने हुन्छ। तसर्थ आगामी समयमा कर्जाको ब्याजदर नघट्ने देखिएको छ। 

सिद्धार्थ बैंक 
सिद्धार्थले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स निक्षेपमा भने बैंकले ९ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.५देखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ बैंकले न्यूनतम् ८.४४ देखि ८.७५ प्रतिशत ब्याजदर तोकेको छ।

साउनको तुलनामा भदौका लागि यस बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशशत ब्याजदर तोकेको छ। साधारण बचतमा बैंकले साउनमा कायम गरेको ब्याजदर निरन्तरता दिएको छ। 

सर्ट ट्रम मुद्दती निक्षेपको हकमा ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। त्यसैगरी १०० दिन र २०० दिने मुद्दती निक्षेप ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। 
बैंकले साउनको तुलनामा भदौमा मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। 

कुमारी बैंक 
कुमारी बैंकले साधारण बचत खातामा न्यूनतम ५.९६ प्रतिशतदेखि अधिकतम् ७.९६ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा अधिकतम १०.८९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ बैंकले ८.८९६ प्रतिशत ब्याजदर तोकेको छ।

गत महिनाको तुलनामा बैंकले साधारण बचत र मुद्दती दुवैको ब्याजदर बढाएको छ। 

कृषि विकास बैंक 
कृषि विकास बैंकले साधारण निक्षेपमा न्यूनतम ५.९६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपमा ९.५१ देखि अधिकतम १०.८९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ८.८९ देखि अधिकतम ९.३९ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले रेमिट्यान्स मुद्दतीमा ११.८९ प्रतिशत ब्याजदर तोकेको छ। 

साउनको तुलनामा भदौमा यस बैंकले सबै खाले निक्षेपको ब्याजदर बढाएको छ। 

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा न्यूनतम ५.५० प्रतिशत देखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले रेमिट्यान्स बचतमा भने ९ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले साधारण बचतको ब्याजदर साउनको तुलनामा घटाएको छ। 

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ८.५० प्रतिशत ब्याजदर कायम गरेको छ। रेमिट्यान्स मुद्दतीमा बैंकले १२.५० प्रतिशत ब्याजदर तोकेको छ। 

यस बैंकले रेमिट्यान्स मुद्दतीमा ब्याजदर स्थिर राखेर साधारण बचत र मुद्दतीको ब्याजदर घटाएको छ। 

प्रभु बैंक 
प्रभुले साधारण निक्षेपतर्फ न्यूनतम् ५ प्रतिशतदेखि अधिकतम् ८ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत र संस्थागत मुद्दतीतर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा भने ११ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले प्रभु उन्नति मुद्दती (रेमिट्यान्स) मा १०.५० प्रतिशत ब्याजदर कायम गरेको छ। साउनको तुलनामा भदौमा निक्षेपको ब्याजदर बढाएको छ। 

नबिल बैंक 
नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० देखि अधिकतम ७।९० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले साधारण बचतमा साउनको ब्याजदर निरन्तरता दिएको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम ११।४९ प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ भने बैंकले न्यूनतम ७.९९ देखि अधिकतम ८.४९ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले व्याक्तिगत मुद्दतीतर्फको ब्याजदर बढाएर अन्य निक्षेपको ब्याजदर स्थिर नै राखेको छ। 

ग्लोबल आईएमई बैंक 
ग्लोबल आईएमई बैंकले साधारण बचत खातामा न्यूनतम ५.९६ देखि अधिकतम ७.९५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले रेमिट्यान्स बचतमा भने ९.९६८ प्रतिशत ब्याजदर कायम गरेको छ।  

बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम १०.८९ प्रतिशत ब्याजदर कायम गरेको छ।

संस्थागततर्फ ८.८९ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्सतर्फ मुद्दती खातामा ११।८९ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल एसबिआई बैंक 
नेपाल एसबिआई बैंकले साधारण बचत खातामा साउनको ब्याजदर नै निरन्तरता दिएको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ७.२० प्रतिशतदेखि अधिकतम ९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले न्यूनतम ६.२० देखि अधिकतम ७।१० प्रतिशत ब्याजदर तोकेको छ।

एनएमबि बैंक 
एनएमबि बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ९.२५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ९.१० प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

स्टान्डर्ड चाटर्ड बैंक 
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६।५६ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स बचत खातमा ७।५५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ७.९२ प्रतिशतदेखि अधिकतम ८.९२ प्रतिशत ब्याजदर तोकेको छ। 

रेमिट्यास मुद्दती बचतमा भने ९।९२ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले न्यूनतम ५.९२ देखि अधिकतम ६.९२ प्रतिशत ब्याजदर तोकेको छ। 

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने बैंकले ८.४० प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम ९.९९ देखि १०.४० प्रतिशत र संस्थागततर्फ न्यूनतम् ८.९९ प्रतिशतदेखि अधिकतम् ८.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा ११.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले साधारण निक्षेपमा न्यूनतम ५.९६ देखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ १०।८९६ प्रतिशत र संस्थागततर्फ न्यूनतम ८.८९ प्रतिशतदेखि अधिकतम ८.४९ प्रतिशत तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा न्यूनतम ४.९९ प्रतिशत देखि अधिकतम ६।६६ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै यस बैंकले रेमिट्यान्स बचत खातामा ७।६६ प्रतिशत ब्याजदर तोकेको छ। 

यस बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम् ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स मुद्दती खातामा १०।९९ प्रतिशत ब्याजदर तोकेको छ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ७.७५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम ९.२५ देखि अधिबतम १० प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ न्यूनतम ७.५० देखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले भने साउनको ब्याजदर नै भदौको लागि निरन्तरता दिने जनाएको छ। बैंकले सुाधारण बचत खातामा न्यूनतम ५.२५ देखि अधिकतम ७.२५ प्रतिशत कायम गरेको छ। 

नेपाल बैंक
नेपाल बैंकले निक्षेपमा न्यूनतम ५.९६ प्रतिशतदेखि अधिकतम ७।९६ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ १०.८९ प्रतिशत र संस्थागत तर्फ न्यूनतम ८.८९देखि अधिकतम ९.३९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा ११.८९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७‍‍.९० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेप तर्फ न्यूनतम ९.५२ देखि अधिकतम १०.८९ प्रतिशत तोेकेको छ। रेमिट्यान्स मुद्दतीमा ११.८९ प्रतिशत ब्याजदर तोकिएको छ। 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिटेयान्स बचत खातामा समेत ८ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम ९.९९ र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .