राजनीति


माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिस्टको पुच्छर बन्यो : अमरेशकुमार सिंह

माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिस्टको पुच्छर बन्यो : अमरेशकुमार सिंह

नेपालखबर
साउन ३२, २०८० बिहिबार १५:२७, काठमाडौँ

प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्। 

बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए। 

उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार नताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताउँदै उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए। 

सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए। अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए। उनले कांग्रेस अहिले कम्युनिष्टहरूको पुच्छर भएको टिप्पणी गरे। 

‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो। ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन। समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन,’ उनले भने, ‘सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ। अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन्।’

उनले नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए।

‘किनभने उहाँहरुलाई संसदीय व्यवस्थामा विश्वास नै छैन। अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, कांग्रेस त पुच्छर हो त्यहाँ। माओवादी सुरुदेखि संसदविरोधी पार्टी हो। कुनैपनि कम्युनिस्टमा संसदीय व्यवस्थामा हुँदैन। कम्युनिष्ट प्रणालीमा संसद हुँदैन।’

सांसद सिंहले कम्युनिस्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .