सेयरबजार १८.६० अंकले घटेको छ। आज नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा अडिएको छ। घटेको बजारमा कारोबार समेत खुम्चिएको हो।
आज नेप्सेमा १ अर्ब ८१ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ३ करोडको कारोबार भएको थियो।
बजार घट्दा ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ। त्यसैगरी ३ कम्पनीको सेयरमूल्य स्थिर नै छ।
पछिल्लो समय मार्जिन प्रकृतीको सेयर धितो कर्जाको एकल ग्राहक सिमा संशोधन हुने भनिएसँगै बजार बढ्न थालेको थियो। तर, बुधबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैंठकले सो विषयमा छलफल नगरेपछि बजारमा गिरावट आएको छ।
आज मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९० प्रतिशतले बढेको छ। सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। आज सन नेपाल लाइफइन्स्योरेन्सको ७ करोड ६२ लाखको कारोबार भएको छ।
Shares

प्रतिक्रिया