कारोबार


लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीतका, चार पसललाई १०-१० हजार जरिवाना

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीतका, चार पसललाई १०-१० हजार जरिवाना

नेपालखबर
असोज ३०, २०८० मंगलबार ५:१२, काठमाडौँ

ललितपुरको लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको अनुगमन टोलीले लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल मापदण्डविपिरत रहेको फेला पारेको हो।

त्यहाँका केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए।

लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .