कारोबार


इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १६:२८, काठमाडौँ

एक वर्षमा साढे ५ लाख इन्टरनेट प्रयोगकर्ता बढेका छन्। आर्थिक वर्ष ०७८/०७९ को तुलनामा ०७९/०८० मा ५ लाख ६६ हजार ग्राहक थपिएका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुल इन्टरनेट प्रयोगकर्ता २७ लाख पुगेका छन्। अघिल्लो आर्थिक वर्षसम्म २२ लाख ३४ हजार रहेका थिए। वल्र्डलिंक कम्युनिकेशन र डिस मिडिया नेटवर्कले बजार विस्तार आक्रामक रुपमा बढाएका छन्।

वर्ल्डलिंकको ७ लाख ८१ हजार ग्राहक रहेको तथ्यांक छ। अघिल्लो वर्ष ६ लाख ६० हजार ग्राहक रहेका थिए। डिस मिडिया नेटवर्कका २ लाख २९ हजार रहेका छन्। २०७९ असार मसान्तसम्म १ लाख ३२ हजार मात्रै ग्राहक रहेका थिए।

अधिकांश कम्पनीले ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनीले बढाउन सकेको छैन। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २ लाख ९२ हजार ग्राहक पुगेका छन्। १ वर्षअघि पनि २ लाख ९२ हजार नै ग्राहक रहेका थिए।

नयाँ इन्टरनेट कम्पनीको रुपमा स्थापना भएको डिसहोम आक्रामक रुपमा विस्तार हुँदा सिजी कम्युनिकेशनका ५३ हजार ५२६ ग्राहक रहेका छन्। अघिल्लो वर्ष असारसम्म २२ हजार मात्रै रहेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

क्लासिटेकका २ लाख ३० हजारबाट २ लाख ८० हजार पुगेका छन्।

सुविसु २ लाख ७१ हजार पुगेका छन्। १ वर्षअघि २ लाख ३६ हजार ग्राहाक थिए।

अघिल्लो वर्ष २ लाख ३० हजार ग्राहक रहेकोमा भायोनेटका ग्राहक २ लाख ६४ हजार पुगेका छन्।

वेव सफरको १ लाख ४७ हजार पुगेका छन्। १ वर्षअघि ६३ हजार मात्रै थिए। टेकमाइन्ड नेटवर्क प्रा.लिका १४ हजार १ लाख १७ हजार पुगेका छन्।

वर्ल्डलिंकको बजार हिस्सा एक तिहाई
इन्टरनेट सेवा प्रदायकमा वर्ल्डलिंकको बजार हिस्सा करिब २९ प्रतिशत रहेको छ। वर्ल्डलिंकका प्रतिस्पर्धी १० प्रतिशतको आसपास हुँदा वल्र्डलिंकले २८.९१ प्रतिशत बजार ओगटेको छ।

दोस्रोमा रहेको नेपाल टेलिकमको १०.८२ प्रतिशत, क्लासिटेकको १०.३७ प्रतिशत, सुविसुको १०.५, भायोनेटको ९.७८ प्रतिशत र डिस मिडिया नेटर्वकको ८.५० प्रतिशत बजार हिस्सा रहेको छ। वेव सफर र ब्रोडलिंकको साढे ५ प्रतिशत बजार हिस्सा छ। सिजी कम्युनिकेशनको करिब २ प्रतिशत मात्रै रहेको प्राधिकरणले उल्लेख गरेको छ।

ग्राहक बढी रहेको वल्डलिंककले इन्टरनेसनल ब्यान्डविथ ४०० जीबीपीएस रहेको छ। दोस्रोमा नेपाल डिजिटल सर्भिसले २०० जीबीपीएस, सुविसु केवल नेटले १८०, नेपाल दूरसञ्चार कम्पनीले १७३, एनसेल एक्जियाटाले १४०, भायोनेट कम्युनिकेसनले १३० र डिस मिडिया नेटवर्कले १०० जीबीपीएसको अन्तर्राष्ट्रिय ब्यान्डविथ क्षमताका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .