कारोबार


एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा ३ जनाले जिते स्कुटर

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा ३ जनाले जिते स्कुटर

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १४:२४, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।

बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो। 

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन्।

त्यस्तै मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन्।

त्यसैगरी एनसेल सेन्टर हेटौंडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन्। 

यो योजना एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरूमध्ये एक हो।

भदौ ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार ग्राहकलाई हरेक हप्ता १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो।

यस योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएस थिए। 

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्तअनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए। यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए।

यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो। बाँकी रहेका ४ जना विजयेताहरुले बम्पर प्राइज कार्तिक २२ र २३ गते प्राप्त गर्नेछन्। 

एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छ।

यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .