कारोबार


कुमारी बैंकले घटायो ब्याजदर

कुमारी बैंकले घटायो ब्याजदर

नेपालखबर
पुस २६, २०८० बिहिबार १२:३६, काठमाडौँ

कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको सूचनामा पुस महिनाको तुलनामा ब्याजदर घटाइएको उल्लेख छ। 

अब बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८ दशमलव ११ प्रतिशत ब्याज दिने छ भने न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने छ। 

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो।

बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८ दशमलव ११ प्रतिशतका दरले ब्याज दिनेछ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने छ। पुसमा महिनामा संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad