ad ad

कारोबार


कांग्रेसलाई नम्बर १ पार्टी बनाउन सबै राम्रो काम गरौं : प्रकाशमान सिंह

कांग्रेसलाई नम्बर १ पार्टी बनाउन सबै राम्रो काम गरौं : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार १२:३३, काठमाडौँ

ने‍पाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई नम्बर १ पार्टी बनाउन राम्रो पर्फमेन्स गर्नुपर्ने बताएका छन्।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले प्राप्त जिम्मेवारीमा राम्रो पर्फमेन्स गरे कांग्रेस आगामी दिनमा पनि नम्बर १ पार्टी हुने बताए। 

प्राप्त जिम्मेवारी सबैले राम्रोसँग पूरा गरे पार्टी आफैँ सुदृढ हुने भन्दै नेता सिंहले  एकले अर्कोलाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने पनि बताए। 

कार्यकर्तामा न‌ैराशयता आउनु नराम्रो हुने भन्दै उनले नेतृत्व सजग हुनुपर्ने पनि बताए। नेता सिंहले मुद्दाहरूमा पार्टीभित्र फरक मत हुनु स्वभाविक भएको पनि बताए। 

अहिले चुनावअघिको गठबन्धन कि पछिको भन्नेमा पार्टीभित्र बहस चलिरहेको भन्दै महासमिति बैठकमा यसबारे पनि छलफल हुने भन्दै उनले कार्यकर्ताहरूलाई सुझाव दिन पनि आग्रह गरे। 

पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकासमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय सभामा पार्टीले बनाएका उमेदवारलाई जिताउनका लागि लाग्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .