कारोबार


१६औँ योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ

१६औँ योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ

नेपालखबर
जेठ २, २०८१ बुधबार १५:१७, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्।

बुधवार आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गरे।

उनले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभइएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताए।

उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताए। उनले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताए। उनले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गरे।

उनले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताए। उनले अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर १६ औं योजना बनेको बताए।

उनले भने, ‘आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुन्छ। १६ औं योजनाको अन्तिम वर्ष २०८५÷०८६मा ७.३ प्रतिशत हुने भनिएको छ। त्यसैले औसत र कुन वर्षको भन्नेमा दोधार नहोस्। हामीले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर आँकलन गरेका छौं। आगामी आर्थिक वर्षमा सुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर वृद्धि हुँदै जान्छ भन्ने छ।’

उनले विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दाबी गरे। उनले आगामी पाँच वर्षमा मुलुकको औसतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको बताए।

उनले १६ औं योजनाको अन्तिम वर्ष २०८५÷०८६मा ७.३ प्रतिशत हुने पनि बताए। उनले आगामी आर्थिक वर्षमा सुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आकलन गरिएको बताए।

उनले १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए। उनले मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad