कारोबार


अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो, युरो, पाउन्ड र अस्ट्रेलियन डलर सस्तिए

अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो, युरो, पाउन्ड र अस्ट्रेलियन डलर सस्तिए

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ५:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। 

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा थियो।

हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसाथियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad