गएकाे तीन दिनदेखि लगातार ओरालो लागेको सुनकाे भाउ आज फेरि बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको हो।
बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार एक सयमा कारोबार भइरहेको छ।
हिजो आठसय रुपैयाँ घटेको सुन आज एक हजार पाँच सयले बढेको हो।
गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ निर्धारण भएको महासंघले जनाएको छ।
924
Shares

प्रतिक्रिया