चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति घटेको छ।
२०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशतमा ओर्लिएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितीमा मुद्रास्फितीमा उल्लेख्य घटेको देखाएको हो।
जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति घटेर ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशतमा ओर्लिएको छ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ।
Shares

प्रतिक्रिया