कारोबार


तोलामा एकैचोटि ४ हजार घटेको सुनको मूल्य आज बढ्यो

तोलामा एकैचोटि ४ हजार घटेको सुनको मूल्य आज बढ्यो

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार ११:५५, काठमाडौँ

बिहीबार (हिजो) ह्वात्तै घटेको सुनको भाउ शुक्रबार (आज) केही बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज सुनको मूल्य बिहीबारको तुलनामा तोलामा २ हजार बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको हो।

हिजो बिहीबार सुनको मूल्य अघिल्लो दिनको भन्दा प्रतितोला ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। 

चाँदीको मूल्य बिहीबारभन्दा प्रतितोला २० रुपैयाँ बढेर शुक्रबार १ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad