कारोबार


नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा

नेपालखबर
मंसिर ३, २०८१ सोमबार २०:३५, काठमाडौँ

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म  हुने भएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका विधाका चलचित्र देखाइने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिए।

उनले भने, ‘नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रलाई उच्च प्राथमिकतामा राखेका छौँ । सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौँ।’

मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सङ्लग्न समितिले आवेदन परेकामध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने र महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला हुने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad