नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रकम तान्ने भएको छ।
बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि रकम तान्न लागेको हो।
बैंकले उक्त रकम बोलकबोलमार्फत तान्नेछ। मंसिर २६ गते निष्काशन गर्ने गरी निक्षेप संकलन गर्न लागेको राष्ट्र बैंकले बोलकबोलमा बुधबार २ बजेसम्म सहभागी हुन भनेको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सक्नेछन् ।
21
Shares

प्रतिक्रिया