कारोबार


नेपाल लाइफको कामु सीईओको जिम्मेवारी कयाललाई

नेपाल लाइफको कामु सीईओको जिम्मेवारी कयाललाई

नेपालखबर
साउन ३, २०८३ आइतबार ११:१५, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्सले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी अमित कुमार कयालललाई दिएको छ। 

कम्पनीको सञ्चालक समिति बैठकले कयाललाई २४ दिनका लागि कामु सीईओ तोकेको हो। 

कम्पनीमा साउन ४ देखि २८ गतेसम्म सीईओ पद रिक्त रहने भएकाले उनले नै कामु सीईओको रुपमा जिम्मेवारी निर्वाह गर्नेछन्। 

बीमा ऐन २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्य गर्न उक्त जिम्मेवारी सुम्पिएको हो। उनी हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad