कारोबार


विष्णुमती करिडोरको ट्रयाक खोल्न सुरु

विष्णुमती करिडोरको ट्रयाक खोल्न सुरु

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १५:३३, काठमाडौँ

काठमाडौं निर्वाचन क्षेत्र नं ५ को बूढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ।

सो कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे।

हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी सुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए। करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए।

‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ।’

बूढानीलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ। यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम सुरु भएको छ।

हाल बूढानीलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट सुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ। क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए।

प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए।

शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए।

उनीहरूले विकास निर्माणका लागि तीनवटै तहबीच समन्वय र सहभागिता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

बूढानीलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बूढानीलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्यमन्त्री पौडेलले सहयोग गरेको बताए।

करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad