भन्सार एजेन्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।
बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सांसदहरूले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेन्टहरू नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ सरकारलाई भन्ने बारेमा स्पष्ट नरहेको उनीहरूले बताए।
भन्सार एजेन्टबाट नेपालको राजस्वमा के फाइदा हुन्छ भन्ने सांसदहरूको प्रश्न छ।
भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा समितिको बैठकमा बोल्दै नेकपा एमाले सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेन्टहरू नियुक्त गर्ने प्रावधान रहेको भएपनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गरिन्।
उनले लाइसेन्स प्राप्त भन्सार एजेन्टहरूलाई काम कारबाहीमा परेका अफ्ठ्याराहरूलाई पनि विधेयकले समेट्नुपर्ने बताइन्। भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्थामा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महशुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने बताइन्।
उनले भनिन्, ‘नेपालकै कुनै एक स्थानबाट विदेशी मुलुक हुँदै पुनः नेपालको अर्को स्थानमा वस्तु ल्याउँदा अपनाउनुपर्ने प्रक्रियाहरूलाई शुल्कबापत जसरी अर्को देशबाट ल्याइएको भन्सार शुल्क वा अरु किसिमको शुल्क लिन्छौँ, नेपालबाट नेपालकै लागि लगिएको वस्तु छ भने महशुल लिइने छैन भनेर लेख्नुपर्छ। यसले भौगोलिक विकटताको पीडा खेपिरहेका नेपाली जनतालाई थप सहज रुपमा वस्तु उपलब्ध गराउन सक्छाैँ।’
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारहरू प्रविधिसँग भन्सारका कर्मचारीहरू अपडेट भइरहनुपर्ने बताए। उनले ५ वर्षमा सोच्नेकुरा गरेर भन्सार अघि बढ्न नसक्ने बताए।
उनले भन्सारका प्रविधिबारे हरेक वर्ष रिभ्यु गर्नुपर्ने र कर्मचारीको क्षमता अभवृद्धिमा जोड दिनुपर्ने बताए।
उनले भने, ‘भन्सारहरू प्रविधिसँग अपडेट भइरहनुपर्छ। हरेक महिना अपडेट भइरहेको छ, सफ्टवेयरहरू। अनि हामी ५ वर्षमा सोचौँला यसलाई भनेर काम गर्नु हुँदैन। त्यसलाई हरेक वर्ष नै रिभ्यु गर्नुपर्छ। यसमा क्षमता अभवृद्धिमा जोड दिनुपर्छ।’
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सिंहदरबारमा बसेर सोचेको भन्दा भन्सारमा पुगेर हेर्दा विषयवस्तुहरू फरक हुने गरेको बताए।
उनले समिति कानून बनाउन सबैभन्दा अधिकार सम्पन्न ठाउँ भएकाले सोहीअनुसारको समस्या समाधान हुनेगरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो। भन्सारमा भएका बेथितिका कुराहरू अन्त्य गर्न विधेयक ल्याउनुपर्ने बताए।
उनले भने, ‘भन्सारको विषय हामीले यहाँ बसेर हेर्ने र नाकामा हुने भन्सारका विषय वस्तु फरक हुँदा रहेछन्। त्यसको सत्यतथ्य हुनुपर्छ। समिति कानून बनाउन सबैभन्दा अधिकार सम्पन्न विषय नै हो। भन्सारमा भएका बेथितिका कुराहरू अन्त्य गर्न हामीले विधेयक ल्याउनुपर्छ। एउटा बेथिति छ, अर्को उद्यमीहरूलाई, उद्योगीहरूलाई दुःख पनि भइरहेको छ।’
नेकपा एमाले सांसद जुलिकुमारी महतोले भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट रोक्नेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिइन्। विधेयक बनाउँदा सबै समेटिने गरी बनाउनुपर्ने उनको धारणा थियो।
उनले भनिन्, ‘भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट, त्यहाँका दृश्यहरू हेर्दा अब यो विधेयक बनाउँदा सबै समेटिने गरी गर्नुपर्छ। भन्सार एजेन्टको कुरा गरी नसक्नु छ। नाम मात्रै होइन, कति हो कति। नयाँ भन्दो रहेछ, पुरानो भन्दो रहेछ। अझ ३ सय बेरोजगारी भयो, हाम्रो जीवन यहीँ बिताएको भन्ने प्रतिनिधिलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने हुँदो रहेछ।’
उनले भन्सार एजेन्ट बनाइरहँदा सरकारले के पाएको छ? भन्नेकुरा महत्वपूर्ण रहेको बताइन्। उनले भन्सार प्रतिनिधि र भन्सार एजेन्ट राख्दा राजस्वमा के उपलब्धि भएको छ रु भन्दै प्रश्न गरिन्।
Shares

प्रतिक्रिया