महाशिवरात्रि २०८१ को अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न हुनलागेको महाशिवरात्रि विशेष भक्तिमय उत्सवको भव्यताका साथ तयारी सुरु भएको छ।
महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।
महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिरपरिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ। साथै साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ।
चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।
51
Shares

प्रतिक्रिया