कारोबार


अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारको बढ्यो
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ५:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १४७  रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad