कारोबार


१० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह, ३९ प्रतिशतले बढ्यो सेयर कर्जा

१० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह, ३९ प्रतिशतले बढ्यो सेयर कर्जा

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १२:३, काठमाडौँ

चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड छ। जुन ७.३ प्रतिशतको वृद्धि हो। 

गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए। चालू आवमा भने कर्जा प्रवाह थोरैले बढेको देखिएको हो। 

राष्ट्र बैंकले चालू आवमा कर्जा प्रवाहमा १२.५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ। वैशाखसम्म यस्तो वृद्धि ७.३ प्रतिशत देखिएको छ।

यस्तै वार्षिक विन्दुगत आधारमा भने २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। जसमा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरूको ४.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–
कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत छ। 

२०८१ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.१ प्रतिशत र ६८.५ प्रतिशत थियो। 

आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ।

योबाहेक  आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ३.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष
कर्जा १२.९ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad