कारोबार


काठमाडौं महानगरले ३२ गते मात्रै बजेट पारित गर्ने

काठमाडौं महानगरले ३२ गते मात्रै बजेट पारित गर्ने

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १६:५८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट ३२ गते मात्रै पारित गर्ने भएको छ। 

उपमेयर सुनिता डंगोलले नयाँ आर्थिक वर्षको लागि २५ अर्ब ७६ करोडको बजेट ल्याएकी हुन्। 

उनले बजेट भाषण सकेलगत्तै मेयर बालेन्द्रले ३२ गते नगरसभा बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्। 

यस सभामा पेस भएको चालू आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल गर्ने र पारित गर्ने सम्बन्धमा सभाको आगामी बैठक २०८२ असार ३२ गते २ बजे राष्ट्रिय सभागृहको सभाहलमा बस्ने गरी नगरसभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक स्थगन भएको घोषणा गर्दछु’, बजेटपछि नगरसभा स्थगित गर्दै मेयर बालेन्द्रले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad