कारोबार


जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जा असोज मसान्तभित्र पुनर्तालिकीकरण वा पुनर्संरचना गरिसक्नुपर्ने

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जा असोज मसान्तभित्र पुनर्तालिकीकरण वा पुनर्संरचना गरिसक्नुपर्ने

नेपालखबर
असार ३२, २०८२ बुधबार १८:५२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमलगायतका क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरुमा प्रवाहित कर्जा तथा व्यक्तिगत रुपमा लिइएका आवासीय घर कर्जालाई पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्ने समयतालिका निर्धारण गरेको छ। 

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ मा संशोधन/परिमार्जन/थप गर्दै केन्द्रीय बैंकले बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी तोकेको शर्तअनुसार पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न निर्देशन दिएको हो। 

जाजरकोट, रुकुमलगायतका तत्कालीन भूकम्पप्रभावित क्षेत्रमा सञ्चालित व्यवसायीले लिएका कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणहरुले लिएको आवासीय घरकर्जालगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी यो सुविधा उपभोग गर्न पाइने केन्द्रीय बैंकले जनाएको छ। 

यसका लागि आगामी असोज मसान्तसम्मको समय दिइएको केन्द्रीय बैंकले उल्लेख गरेको छ। यसरी पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा वर्गीकरण गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad