नेपाल पुनर्बीमा कम्पनीले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ।
कम्पनीले एक कित्ताबराबर एक कित्ता नै सेयर दिने गरी हकप्रद निकाल्ने प्रस्ताव साधारणसभामा लैजाने भएको हो।
कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिएर हकप्रदको प्रस्ताव आगामी साधारणसभामा लैजाँदै छ।
२०८२ माघ मसान्तसम्म पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २६ अर्बभन्दा बढी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशनअनुसार कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव अगाडि बढाएको हो।
159
Shares

प्रतिक्रिया