आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन तोलाको एक लाख ९६ हजार पाँचसय रुपैयाँ पुगेको छ।
गएको शुक्रबार सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेर एक लाख ९३ हजार एकसय रुपैयाँमा झरेको थियो।
त्यसअघि बिहीबार सुनको मूल्य तोलामा आठसय रुपैयाँ घटेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार दुईसय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
1.0k
Shares

प्रतिक्रिया