कारोबार


खाद्यान्नमा कोसी प्रदेश आत्मनिर्भर

खाद्यान्नमा कोसी प्रदेश आत्मनिर्भर

नेपालखबर
साउन २१, २०८२ बुधबार १५:४८, विराटनगर

कोसी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ। कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ।

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसान सकिरहेका छैनन्। चार दशमलव २९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा एक दशमलव ९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि तीन दशमलव १९ प्रतिशत बढी भएको हो।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान दुई लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा एक लाख ३७ हजार ७३० मेट्रिक टन, फापर दुई हजार ८९६ हेक्टर जग्गामा चार हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा एक हजार २८५ मेट्रिक टन उत्पादन भएको हो।

सो अवधिमा सुन्तला आठ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो। सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व सात दशमलव ३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ।

प्रदेशमा आव २०८१÷८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए।

उहाँका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा सात हजार १५० मेट्रिक टन, उखु पाँच हजार ९३२ हेक्टर जग्गामा तीन लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ छ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो। 

उहाँले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन पाँच दशमलव सात प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा छ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad