कारोबार


चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई ‘आइकोनिक आन्ट्रप्रेनरसिप अवार्ड’

चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई ‘आइकोनिक आन्ट्रप्रेनरसिप अवार्ड’

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १६:४९, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ।

नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप मल्ललाई आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो। शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्रसहित सम्मान गरे।

चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बीमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा रहेर निजी क्षेत्रको माग एवं सरकारसंग हातेमालो गर्दै आएका थिए। 

सम्मान ग्रहण गरेपछि मल्लले आईकोनिक इन्टरप्रिनरसिप अवार्डले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए। 

उनले भने, “नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ।’
अध्यक्ष मल्ल हाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष समेत हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad