कारोबार


वर्ल्ड लिंकले भन्यो- सरकारको निर्देशन बमोजिम हामीले सामाजिक सञ्जाल बन्द गर्‍यौँ

वर्ल्ड लिंकले भन्यो- सरकारको निर्देशन बमोजिम हामीले सामाजिक सञ्जाल बन्द गर्‍यौँ

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १०:९, काठमाडौँ

सरकारको अग्रह अनुसार इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएकाे छ।

वर्ल्ड लिंकले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो।

‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ,’ वर्ल्ड लिंकले जारी गरेको सूचनामा भनिएको छ,’ यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ।’

यसबाट पाठक वर्गमा परेको असुविधाप्रति वर्ल्ड लिंकले क्षमायाचना गरेको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad