कारोबार


आईएमएफले भन्यो- नयाँ सरकारलाई आर्थिक सुधारका काममा सघाउँछौँ

आईएमएफले भन्यो- नयाँ सरकारलाई आर्थिक सुधारका काममा सघाउँछौँ

नेपालखबर
असोज ६, २०८२ सोमबार १३:२६, काठमाडौँ

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख जहन सरवतबीच आज भर्चुअल बैठक भएको छ। 

उक्त बैठकमा मिसन प्रमुख सरवतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका हुन्। 

उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको र हालै जेन्जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनका क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए। 

मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने जानकारी गराएका थिए। 

उक्त अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा कार्यान्वयन भइरहेको विस्तारित कर्जा सुविधाको कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड बैठकमा पेस गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख जहानले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए। उक्त अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad