दिनदिनै नयाँ रेकर्ड राख्दै मंहगो बनेको सुन आयातलाई राष्ट्र बैंकले सहज बनाएको छ।
दैनिक २० किलोसम्म आयात गर्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले २५ किलोसम्म आयात गर्न पाउने व्यवस्था गरेको हो।
शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै एक दिनमा २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको हो।
हाल नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरुमा मात्रै सुन आयात गर्न पाउँछन्। बैंकहरुले आयात गरेपछि व्यवसायीले उनीहरुबाट सुन खरिद गरेर बजारमा बिक्री वितरण गर्ने गर्दै आएका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा तरल (लगानीयोग्य रकम) सम्पती अधिक भएसँगै नीतिगत परिवर्तन गरेर खर्चलाई प्राथामिकतामा राख्दै आएको छ।
यसअघि पुँजी बजारमा जति पनि कर्जा लिन पाउने व्यवस्था गरेर कर्जा प्रवाहलाई बढाउन खोजेको राष्ट्र बैंकले शुक्रबार सुनको आपूर्ति पनि बढाउने व्यवस्था गरेको हो।
दैनिक जसो मूल्यमा नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्य इतिहासकै महंगो भएको छ। शुक्रबार मात्रै प्रतितालोला २ लाख ३५ हजार मूल्य कायम भएको छ।
बिहीबार २ लाख ३९ हजार २ सय प्रतितालेला रहेको सुन शुक्रबार भने घटेर ३५ हजारमा आइपुगेको हो।
सुनको मूल्य बढ्न थालेपछि बजारमा सुनको आपूर्तिमा समेत समस्या हुन थालेको थियो। तिहार नजिकिदै गर्दा राष्ट्र बैंकले सुनको माग बढ्ने देखेर आपूर्तिलाई थप सहज बनाएको हो।
Shares

प्रतिक्रिया