कारोबार


सरकारले एडीबीसँग १४ अर्ब बढी सहुलियत ऋण लिने

सरकारले एडीबीसँग १४ अर्ब बढी सहुलियत ऋण लिने

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह हस्तान्तरण कार्यक्रमका लागि एसियाली विकास बैंकसँग १४ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीसँग १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब २५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो। 

बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता लिन बिहीबारको मन्त्रिपरिषदले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad