कारोबार


वीरगन्जका व्यवसायीको घरमा राजस्व अनुसन्धानको छापा, भेटियो दुई किलो दुई सय ग्राम सुन र १० किलो चाँदी

वीरगन्जका व्यवसायीको घरमा राजस्व अनुसन्धानको छापा, भेटियो दुई किलो दुई सय ग्राम सुन र १० किलो चाँदी

नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:२०, काठमाडौँ

राजस्व अनुसन्धान विभागले पर्साको वीरगन्ज महानगरपालिका माइस्थानस्थित एक व्यवसायीको घरमा छापा मार्दा अवैध रुपमा राखिएको सुन र चाँदी बरामद गरेको छ।

व्यवसायी अभिषेश सरार्फको घरमा सोमबार राजस्वको टोलीले छापा मार्दा २ किलो २ सय ग्राम सुन र १० किलो चाँदी बरामद गरेको हो। 

सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट गएको टोलीले घरभित्र लुकाएको अवस्थामा सुन र चाँदी बरामद गरेको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए।

व्यवसायीका घरमा सुन तथा चाँदीका गहना फलामको ड्रम, पिठो राख्ने भाँडा, कौसी बारीभित्र लुकाएको अवस्थामा कार्यालयले बरामद गरेको हो।

‘ठूलो मात्रामा सुन रहेको सूचनाका आधारमा अपरेशन चलाइएको हो। केही सुन र चाँदी बरामद भएको छ’, चिलुवालले भने।

यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। विभागले पछिल्लो समय सुन, अवैध भेपलगायतका वस्तुलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad