कारोबार


सुनको मूल्य तोलाकै अढाई लाख माथि

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
सुनको मूल्य तोलाकै अढाई लाख माथि

नेपालखबर
असोज ३०, २०८२ बिहिबार ११:१०, काठमाडौँ

सुनको मूल्य तोलाको अढाई लाख रुपैयाँभन्दा माथि पुगेको छ।

आज तोलामा दुई हजार रुपेयाँ बढेर सुनकाे मूल्य तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा चारसय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो। 

यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो। 

गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो। 

चाँदीको मूल्य भने आज घटेको छ। 

चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ घटेर तीन हजार दुईसय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्इ तीन हजार तीनसय ४० रुपैयाँ पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad