कारोबार


बञ्चरे डाँडामा यसरी निर्माण हुँदै छ ल्याण्डफिल साइट

बञ्चरे डाँडामा यसरी निर्माण हुँदै छ ल्याण्डफिल साइट

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ६:२,

धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट छिटो सञ्चालनमा ल्याउन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरबाट संयुक्त प्रयत्न प्रयास भइरहेको छ।

यस क्रममा बुधबार सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहित अधिकारीहरु बञ्चरेडाँडा पुगेका छन्।

त्यस क्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रवर्ती कण्ठ र रामचन्द्र दंगाल, सडक विभागका डिभिजन इञ्जिनियर कुवेर नेपाली सहभागी भएको महानगरपालिकाले जनाएको छ।

त्यस्तै महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ, फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बराल र इञ्जिनियर सरकारदीप श्रेष्ठसहित अधिकारीहरु सहभागी थिए।

अवलोकनका क्रममा अहिले फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तर उन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका विषयमा जानकारी लिइएको थियो।

लकडाउनका समयमा निर्माणकार्यलाई सुचारु गर्न आवश्यक पर्ने सामग्रीको उपलब्धता र ढुवानीजस्ता काममा परेको अप्ठ्यारोलाई सहज गर्न मन्त्रालय र महानगरले सहजीकरण गर्ने विषयमा छलफल समेत भएको थियो।

अवलोकनपछि प्रतिक्रिया दिँदै सहरी विकास सचिव मधुसुदन अधिकारीले चालू आर्थिक वर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताए।

त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन थाल्न र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्न विशेष महत्व दिएको बताए। साथै आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा रहेको उनको भनाइ छ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले चुपचाप काम सक्नुमा नै उपलब्धि रहेको बताए।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ९५ रुपैयाँमा गरिएको सम्झौता भएपछिको तीन महिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी÷कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछि कोशी एण्ड न्पौपानेको स्वामित्व परिवर्तन भयो।

यही कारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसनबापत ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन। समस्या यहीँबाट सुरु भएको थियो। २०७६ पुस २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड््युल) पेश ग¥यो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेन ।

यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ।

फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ।

२०६२ साल जेठ २२ गते विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाउँ विकास समिति (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो। ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ।

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो।

यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ ।

उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् ।

त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ् जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

यो फोहोर अहिले सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । साइटको क्षमता सकिएर पोष्ट क्लोजर गर्नुपर्ने अवस्थामा पुगेको छ। फोहोरको अन्तिम व्यवस्थापन गर्न बञ्चरेडाँडा नै अन्तिम विकल्पका रुपमा देखिएको छ। यस अवस्थामा बञ्चरे डाँडाको पूर्वाधार निर्माणको कामलाई तीब्र बनाएर फोहोर व्यवस्थापनको गन्तव्य बञ्चरे डाँडा नै हुने महानगरले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad