कारोबार


१४ अर्ब ८३ करोडको सेयर कारोबार

१४ अर्ब ८३ करोडको सेयर कारोबार

नेपालखबर
चैत १०, २०८२ मंगलबार १६:७, काठमाडौँ

सेयरबजार आज पनि बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो। 

योसँगै बजारमा १४ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन १३६ वटा सेयर बढ्दा ११७ वटा घटेका र ११ वटाको सोमबारकै मूल्यमा कारोबार भएको छ। 

आज पनि सालपा विकास बैंक र रिलयान्स स्पिनिङ मिल्सको सेयरमा सर्किट ब्रेक भएको छ। यी सेयरधनीले प्रतिकित्ता क्रमशः १६८ र १५१.२० रुपैयाँ कमाएका छन्। यसबाहेक सोलु हाइड्रोपावर ९.९९, हिमालयन पावर पार्टनर ९.९८ प्रतिशत र भुजुङ हाइड्रोपावरका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन्। 

तर फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो, मेरो माइक्रोफाइनान्सलगायतको भने अधिकतम ६.५६ प्रतिशतले सेयर मूल्य घटेको छ। सर्वाधिक कारोबारमा मंगलबार राधी विद्युत् अगाडि छ। कम्पनीको ६७ करोडको कारोबार भएको हो। 

अपि पावरको ५७ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको प्रमोटर सेयर ४५ करोड, ङादी ग्रुप पावर ४१ करोड र शिवम् सिमेन्टको ३९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन जीवन बीमा, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह घटे पनि बाँकी सबै बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad