कारोबार


यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार ११:३५, काठमाडौँ

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालो सूचीमा राखिएका निर्माण कम्पनीका मुख्य व्यक्तिहरूसहितको विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो। 

हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad