कारोबार


धनुषाको दुधमती राष्ट्रिय प्राविलाई एनआईसी एसिया बैंकको सहयोग

धनुषाको दुधमती राष्ट्रिय प्राविलाई एनआईसी एसिया बैंकको सहयोग

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १६:१५, काठमाडौँ

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू सहयोग उपलब्ध गराएको छ। 

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको जनाएको छ।  

१३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको सो विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई मंगलबार एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे। 

कार्यक्रममा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक तथा विद्यार्थी र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।  

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad