कारोबार


विद्युत्‌मा भ्याट फिर्ता नहुने अर्थमन्त्रीको स्पष्टोक्ति, उपभोक्तालाई सहुलियत दिइने

विद्युत्‌मा भ्याट फिर्ता नहुने अर्थमन्त्रीको स्पष्टोक्ति, उपभोक्तालाई सहुलियत दिइने

नेपालखबर
जेठ १८, २०८३ सोमबार १२:५, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । 

उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौँ।’

आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए। 

‘विगतमा कुरा भएपनि कसैले आँट गर्न सकेको अवस्था थिएन’, उनले भने । 

उनले यदि सबै नि:शुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए।

उनले भने, ‘आयमा आधारित करभन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो।’  

बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । 

उनले भने, ‘गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँट्टा थप्ने काम गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad