कारोबार


एन आई सी एशिया बैंकका ग्राहकलाई विराटनगर अस्पतालमा छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई विराटनगर अस्पतालमा छुट

नेपालखबर
असार २६, २०७६ बिहिबार १३:५१,

एन आई सी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रा.लि. मुनालपथ, विराटनगरबीच अस्पतालमा उपचार गराउँदा छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कर्मचारीलाई अस्पतालका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई१० प्रतिशतसम्मको छुट प्रदान हुनेछ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरे।

एन आई सी एशिया मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad