कारोबार


नागढुंगा सुरुङमार्गमा कुन सवारीलाई कति लाग्छ दस्तुर?

नागढुंगा सुरुङमार्गमा कुन सवारीलाई कति लाग्छ दस्तुर?

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:२९, काठमाडौँ

सोमबारदेखि देशकै पहिलो नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको छ। 

योसँगै आजदेखि सुरुङमार्गमा केही समयसम्म अत्यावश्यक र आपत्कालीन सवारीसाधन सञ्चालन हुन पाउने भएका छन्। केही समयपछि अन्य सवारीलाई पनि खुल्ला गरिने नागढुंगा सुरुङमार्ग परियोजनाले जनाएको छ। 

सवारीसाधन चल्न पाउने भएपछि यसबापत उनीहरुले निश्चित रकम सवारीअनुसार दस्तुरबापत तिर्नुपर्नेछ। यसको निर्णय ०८२ साउन २६ मै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको थियो। 

सोअनुसार ४ वटा वर्ग छुट्याइएको छ। जसमा पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्राक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ। यी सवारीहरुले सुरुङमार्ग उपभोग दस्तुर प्रतिसवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ। 

यस्तै, वर्ग २ मा मिनी बस, मिनी ट्रिपर र ट्रकलाई राखिएको छ। उनीहरुले प्रवेशमा ११५ रुपैयाँ र प्रस्थानमा ८० रुपैयाँ तिर्नुपर्नेछ। 

वर्ग ३ मा बस, ट्रक (सिंगल रियर एक्सल)का सवारी छन्। उनीहरुले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २ सय रुपैयाँ तिर्नुपर्नेछ। 

त्यसपछि वर्ग ४ मा मल्टी एक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणहरु छन्। यी सवारीले आउँदा ६ सय र जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad