कारोबार


टेस्ला सीईओ मस्कले एकैदिन ५ अर्ब डलर सम्पत्ति थपे

टेस्ला सीईओ मस्कले एकैदिन ५ अर्ब डलर सम्पत्ति थपे

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:११,

विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वका पाँचौँ ठूला अर्बपतिमा उक्लिएका छन्। सोमबारमात्रै उनको कुल सम्पत्तिमा ५ अर्ब डलर थपिएको हो। टेस्लाको सेयर मूल्य निरन्तर बढ्दा मस्कको सम्पत्ति पनि उकालो लागिरहेको छ।

मस्कसँग ७४ अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ। केही हप्ता अघिसम्म उनी विश्वका ठूला २० अर्बपतिमध्ये पर्थे तर सेयर बढ्दा उनी पाँचमध्ये पर्न सफल भएका हुन्। उनीभन्दा अगाडि फेसबुकका सीईओ मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स, बर्नार्ड आर्नल्ट र अमेजनका प्रमुख जेफ बेजोस छन्।

सोमबार कम्पनीको सेयर ९.५ प्रतिशतले बढेको थियो। उक्त दरले वृद्धि भएसँगै टेस्लाको प्रतिकित्ता सेयर मूल्य १ हजार ६ सय ४३ अमेरिकी डलर पुगेको छ। कम्पनीले आफ्नो आम्दानी रिपोर्ट पनि सार्वजनिक गर्नलागेको छ। कम्पनी लगातार चौथो त्रैमासिकसम्म नाफामा गएको छ।

कम्पनीको मार्केट क्याप टोयोटाको भन्दा १०० अर्ब डलर बढी अर्थात् ३०५ अर्ब डलर पुगेको छ। मार्केट क्यापको हिसाबले टेस्लाले टोयोटालाई पनि उछिनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad