सरकारले बिहीबारदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि १६ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न नपाइने भएको छ।
१६ सिट माथिका सार्वजनिक यातायात सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने र जोर बिजोर प्रणालिमा चल्न पाउने भएपनि साना यातायात चल्न नपाउने भएका हुन्। तर ट्याक्सी भने सञ्चालन हुन पाउने भएका छन्।
साना यातायातका कारण भीड बढ्ने र सामाजिक दूरी कायम गर्न नसक्ने भएकाले सञ्चालनमा रोक लगाएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
ट्याक्सी भने ३ जनासम्म बोक्न पाउने र परिवार भित्रैका भए थप २ जना बालबालिका बोकेर चलाउन पाउने छन्। यस्तै सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउन र सवारी साधन दैनिक निसंक्रमित गरेको हुनु पर्नेछ।
सार्वजनिक तथा निजी सवारीसाधानमा जोर विजोर प्रणालि लागू हुनेछ। तर मालवाहक ढुवानीका साधनमा भने जोर विजोर प्रणालि लागू हुने छैन।
प्रतिक्रिया