व्यवसायी चन्द्रप्रसाद ढकाल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफू निको भएको जानकारी गराएका हुन्।
उनमा गत असोज ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
बुधबार अस्पतालबाट डिस्चार्ज भएका उनले फेसबुकमार्फत बिरामीका बेला आफूलाई सम्झिने, स्वास्थ्य लाभको कामना गर्ने सबैलाई विशेष धन्यवाद दिएका छन्।
साथै त्यस क्रममा उनले लेखेका छन्, ‘बिरामी भएका बेला मलाई र मेरो परिवारका सदस्यहरूलाई गर्नुभएको एक कल फोन र एसएमएसले कति ठूलो औषधीको काम गर्दोरहेछ भन्ने कुरा मैले यसपटक राम्रोसँग महसुस गरेको छु।’
कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई,...

प्रतिक्रिया