कारोबार


जलमार्गले नेपाल–भारत व्यापार विस्तार गर्नेछः प्रधानमन्त्री

जलमार्गले नेपाल–भारत व्यापार विस्तार गर्नेछः प्रधानमन्त्री

नेपालखबर
साउन १२, २०७६ आइतबार ७:३९,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने बताएका छन्। नेपाल–भारत लिजिष्टक समिटको आइतबार उद्घाटन गर्दै उनले भने, ‘वर्तमान अवस्थामा नेपाल– भारतबीचको दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै हो। हामी रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्न काम गरिरहेका छौं।’

‘जलमार्ग भनेकै दुई देशीय व्यापारका लागि हुनेछ’, उनले भने, ‘नारायणीमा निर्माण हुने जलमार्गबाट आयात–निर्यात मात्र हुनेछ। त्यसले दुई पक्षीय व्यापार अझ विस्तार गर्नेछ।’

काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीले जानकारी दिए।

नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने जनाए।

कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलान समेत सहभागी छन्। उनले नेपाल–भारतबीचको व्यापार सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए।

manjeev singh puri indainकार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत मञ्चिव सिंह पुरी। तस्विर: प्रबिन कोइराला

‘नेपालसँगको व्यापार सम्बन्ध अझ सुधार तथा विस्तार गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधैँ तयार छ। त्यस्ता विषयहरूमा दुवै देशले छलफल र कुराकानीबाटै अघि बढ्नु पर्दछ।’

कार्यक्रमलाई भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि सम्बोधन गरेका थिए। उनले पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको जनाए। पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने उनको भनाइ थियो।

‘मोतिहारी–अमेलखगञ्ज पेट्रोलियम लाइन गेम चेञ्जर परियोजना हो’, उनले भने, ‘यसले नेपाल र तराईको विकासमा ठूलो भूमिका निर्वाह गर्नेछ।’

ट्रान्सफर्मिङ लजिस्टक ल्यान्डस्केप शीर्षकको सो समिटमा नेपाल तथा भारतका कार्गो व्यवसायी सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad