जापानमा आइतबार ६ दशमलब ५ म्याग्नीच्युडको भूकम्प गएको छ।
दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ।
जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको सिन्ह्वाले जनाएको छ। सुनामीको खतरा भने नरहेको बताइएको छ।
प्रतिक्रिया