कारोबार


रेलसेवा सम्झौता संशोधन गर्नेबारे नेपाल र भारतका अधिकारीबीच छलफल

रेलसेवा सम्झौता संशोधन गर्नेबारे नेपाल र भारतका अधिकारीबीच छलफल

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ११:३,

व्यापार, पारवहन तथा सहकार्य विषयमा आधारित रहेको बसेको भारत–नेपाल अन्तर्सरकारी समितिको बैठक सम्पन्न भएको छ।

आज बसेको भर्चुअल बैठकले नेपाल र भारतका पाँचवटा नाका र रक्सौल–काठमाडौं रेल सेवा सञ्चालन गर्न भएको सम्झौता संशोधन गर्नेबारे छलफल गरेको हो।

भारत र नेपालका वाणिज्य सचिवहरुको अध्यक्षतामा बैठक बसेको हो।

बैठकले अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा छलफल गरेको थियो।

बैठकमा रेलवे सेवा सम्झौता संशोधनको अलावा लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामञ्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको हो।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारीस्तरमा गर्नुपर्ने प्रयासबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको हो।

विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीसहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए।

त्यस्तै विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गरेका थिए।

आईजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रुपमा रहेको छ।

बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो। उक्त बैठकमा व्यापार तथा पारवहन सन्धिको बृहत समीक्षा, यस आइसीजी बैठकको तयारीका लागि यही मंसिर १८ देखि १९ सम्म अन्तर्सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad