सरकारले असार १ गतेसम्म अन्तराष्ट्रिय उडान स्थगन गरेको छ। वैशाख २३ देखि स्थगन भएको उडानलाई असार १ गतेसम्म थप गरेको हो।
चीन, कतार, टर्की र भारत बाहेकमा देशमा भने मन्त्रिपरिषदको निर्णय अनुसार सञ्चालन हुने छ।
कतारको दोहामा कतार एयरवेज र नेपाल एयरलाइन्स, चीनमा हिमालय एयरलाइन्स र एक चिनियाँ एयरलाइन्सले हप्ताको एक/एक उडान गर्न पाउने छन्।
टर्किमा हरेक विहीबार उडान गर्न पाउने भएको छ। भारतमा एयर ट्राभल बबल अन्तर्गत हप्ताको दुई उडान भने यथावत रहेका छन्।

प्रतिक्रिया