ad ad

कारोबार


चितवनमा नाडाको कर र भीसीटीएस प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवनमा नाडाको कर र भीसीटीएस प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालखबर
असार ६, २०७९ सोमबार १५:५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ। 

सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९÷८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौल छाएको बताए। 

उनले देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएकोमा चिन्ता व्यक्त गरे। अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए। 

सो क्रममा अध्यक्ष थापाले व्यवसायमैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको परिप्रेक्ष्यमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए। सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए। 

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति थियो। नाडाले गत जेठ २७ गते लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो। नाडाले यही आसाढ मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .